सप्तरीमा लुटपाटपछि घरधनीको गोली हानी हत्या

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् ।

डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति १ करिब बजे ५।७ जनाको समूहमा रहेका डाकाहरुले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरुले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको पनि प्रहरी निरीक्षक यादवले बताए । उनले घटनाबारे थप अनुसन्धान र डाकाहरुको खोजी भइहरेको पनि बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित