दीपशिखा र सुबोधलाई प्रचण्डले बोलाए खुमलटार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन् ।

सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको एक नेताले जानकारी दिए । नेतृत्वको छनोटको विषयमा आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो।

पदाधिकारी बैठकले स्पष्ट निर्णय गर्ने क्षमता भएका, ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम प्रस्ताव गर्न निर्देशन दिएको थियो । अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी लगायत आकाङ्क्षी छन् ।

यीमध्येबाट नै अध्यक्ष छानिने सम्भावना बढेर गएको नेताहरूले जानकारी दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित