फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ ।
अहिले ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल हुन लागेको हो ।
समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यसपछि साढे ५ बजे मन्त्रिपरिषद् बैठक सुरू हुने बताइएको छ ।


































