मस्तिष्कघात भएपछि कांग्रेस नेता आफताब आलम अस्पताल भर्ना

काठमाडौं । बुधबार मात्रै जेलबाट रिहा भएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका छन्। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।

‘अहिले आइसियुमा राखेर उहाँको उपचार भैरहेको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘ब्रेन स्ट्रोक भएको हो। यहाँ ल्याउँदा तीन घन्टा जति भैसकेको थियो।’

चिकित्सकका अनुसार उनलाई शुक्रबार बिहान साढे दस बजे परिवारले अस्पताल पुर्‍याएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको स्वास्थ्य अवस्था अहिले स्थिर छ।

‘बिहान ल्याइपुर्याउँदा एकदमै कमजोर अवस्था थियो,’ ती चिकित्सकले भने, ‘अहिले कमजोरीमा पनि सुधार भएको छ।’

रौतहटका कांग्रेस नेता आलम इँटाभट्टामा ज्युँदै मान्छे पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटको आदेशबमोजिम पाँच वर्षदेखि जेलमा थिए।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनीसहितका चार जनालाई थुनामुक्त गरेको थियो। यो घटना २०६४ को पहिलो संविधानसभा चुनाव अघिको हो।

आलम बुधबार साँझ नै नख्खु कारागारबाट रिहा भएर घर गएका थिए। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित