काठमाडौं । गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समाहित भएको हो । एकता सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहमति भएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।
डा.बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले सहमति नजनाएपछि श्रेष्ठ पक्ष माओवादीमा समाहित भएको हो ।

































