यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको जानकारी दिए । बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय पनि गरेको छ ।

सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पत्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।

तेस्रो राष्ट्रिय निर्धारित योगदान स्वीकृत गर्ने र उक्त प्रतिवेदन संयुक्त राष्ट्र सङ्घीय प्रारुप महासन्धिको सचिवालयमा पठाउन स्वीकृति प्रदान गर्ने, नेपाल सरकार र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी संलग्न समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, जर्मनीको बर्लिनमा आगामी असार ९ देखि ११ गतेसम्म आयोजना हुने सूचना आयुक्तहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसीआइसी) १६ औं संस्करणमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त सुरेशप्रसाद आचार्यलाई स्वीकृति दिने, जेठ २२ गतेदेखि २३ गतेसम्म रूसी महासंघको निजी नोभगोरोडमा आयोजना हुने ग्लोबल डिजिटल फोरममा सहभागिताको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई स्वीकृति दिने सरकारले निर्णय गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित