वैदेशिक रोजगार विभागद्वारा २ कम्पनीमा छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रालिमा छापा मारेको छ । विभागले कामदारलाई ठगी गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्ने नीति अख्तियार गरेसँगै विभिन्न कम्पनीमा छापा मारी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।

वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रालिमा छापा मारेको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेलले जानकारी दिए ।

पछिल्लो समय नयाँ महानिर्देशक कमलप्रसाद भट्टराई आएपछि वैदेशिक रोजगारीसम्बन्धी समस्याको समाधान, राहत, उद्धार, अनुगमन, श्रम स्वीकृति, वैदेशिक रोजगार ठगी, विद्युतीय सुशासन एवम् थुप्रै आन्तरिक सुधारका कामहरू हुन थालेका छन् । महानिर्देशक भट्टराइकै पहलमा विभिन्न कारबाही हुने क्रम जारी रहेको निर्देशक पौडेलले जानकारी दिए ।

युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा।लि।बाट १ लाख ९ हजार रुपियाँ विभागले असुल गरी फिर्ता गराएको छ । विभागको सक्रियताबाट आफूले पैसा फिर्ता पाएको भन्दै पीडित बैठाले खुशी व्यक्त गरे ।

यस्तै, वैदेशिक रोजगार ठगीको आरोपमा क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि विभागले छापा मारको छ । छापा मार्दा कन्सल्टेन्सीबाट ३२ थान चेक, विभिन्न पाँचवटा बैंकको चेकबुक साथै वैदेशिक रोजगार ठगीको शंकास्पद कागजात समेत विभागले जफत गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित