विद्यालय कर्मचारी परिषद्ले सार्यो यी सातबुँदे माग

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेको छ । आज यहाँ आयाजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएको नौबुँदे सहमतिमा आफ्नो माग पूरा नभएकाले आन्दोलन गर्नुपरेको बताए ।

उनले सातबुँदे माग राखी यही वैशाख २१ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए । शिक्षक र कर्मचारीबीच विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्नुुपर्ने, तलबमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमा शिक्षा ऐन जारी गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।

पत्रकार सम्मेलनमा बब्बन मिश्राको संयोजक र दीप खतिवडाको सहसंयोजक रहेको १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । उनका अनुसार परिषद्ले यही वैशाख २१ देखि जेठ ३ गतेसम्म कालोपपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गतेका दिन ७५३ वटा स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ ६ गते शिक्षा, विकास तथा समन्वय इकाइमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षणपत्र बुझाउने, जेठ ७ गते प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौँमा सडक आन्दोलनको घोषणा गरेको छ ।

सरकार र शिक्षकबीच गत वैशाख १७ गते नौबुँदे सहमति भएपछि गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन स्थगित भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित