दुर्घटनामा परी अधिकृत बस्नेतको मृत्यु

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा बिहीबार अपराह्न भएको दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ।

चितवनबाट झापा फर्किँदै गरेको मे १ च ३०४० नम्बरको गाडी (एसयुभी) अनियन्त्रित भई सडक किनारको फलामे बेरियरमा ठोक्किएर पल्टिँदा दमक–३ घर भएका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा गाडीमा सवार ६ जना घाइते भएका छन्।

दुर्घटनापछि ५५ वर्षीय बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

गाडी चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्।

उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाईंले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित