आज जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता हुँदै

काठमाडौं । मधेश र सुदूरपश्चिम प्रदेशसभामा निर्णायक रहेका जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार (आज) एकता घोषणा हुँदै छ । मंगलबार दुई दलले आ–आफ्नो केन्द्रीय कार्यसमिति बैठक गरी पार्टी एकताका लागि औपचारिक निर्णय गरेका हुन् । नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहनेछ । एकतापछि संसद्मा छैटौं ठूलो दल बन्नेछ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा सीके राउत र संरक्षकमा रेशम चौधरी रहने समझदारी छ । राउत जनमतका अध्यक्ष हुन् भने चौधरी नागरिक उन्मुक्तिका संरक्षक हुन् । नयाँ पार्टीको सहअध्यक्षमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहने समझदारी भएको छ । ०७७ सालमा जनमत र ०७८ सालमा नागरिक उन्मुक्ति गठन भएका थिए ।

हाल संघीय संसद्‌मा जनमतबाट प्रत्यक्षतर्फ निर्वाचित १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ निर्वाचित ४ सांसद छन् । एकीकरणपछि दलको सांसद संख्या १० हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित