कालीगण्डकी गाउँपालिका अध्यक्षको निर्देशन : आइतबार विद्यालय आउनू, नत्र राजीनामा दिनू

काठमाडौं । गुल्मीको एक पालिकाले आगामी आइतबारदेखि विद्यायलमा उपस्थित हुन शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाले सो दिनसम्म विद्यालय आउन नसके राजीनामा दिन वा सरुवा मिलाएर जान उनीहरूलाई आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरेर आफ्नो पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई यस्तो आग्रह गरेको हो ।

शिक्षक आन्दोलनले पालिकाभित्रका सम्पूर्ण विद्यालयको अध्ययन–अध्यापनमा समस्या परेको भन्दै वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा उपस्थित हुन उर्दी जारी गरेको हो ।

“उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाई जानुहुन निर्देशित गरिन्छ,” गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षक–कर्मचारीले पालिकाको निर्देशन अटेरी गरे भने के गर्नुहुन्छ रु भन्ने बाह्रखरीको प्रश्नमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले भने, “अध्यक्षले निर्देशन जारी गर्नुभएको छ, आइतबार उहाँहरू नआएमा के गर्ने भन्ने त्यसपछि पछि नै निर्णय हुन्छ ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित