काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।
कुल ३ हजार मतदातामध्ये १ हजार १ सय २ मतसहित श्रेष्ठ विजयी भएका हुन् । दोस्रो स्थानमा रहेकी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् ।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । स्वतन्त्र उम्मदेवार यसअघि पनि स्वतन्त्रबाट सदस्यमा निर्वाचित भएका थिए ।