प्रतिबन्धित वस्तुको आयात खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ ।

प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार भए पनि राजस्व संकलनमा नकारात्मक असर पुगेपछि सरकारले पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको आयात भने रोकिएको थिएन ।

बन्देज लगाएका बेला विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ अर्थात् त्यतिबेलाको विनियम दरअनुसार ९ अर्ब ६१ करोड अमेरिकी डलर थियो । नेपाली रुपैयाँमा सञ्चिति बढेको देखिए पनि डलरमा घटेको हो । अमेरिकी डलर मजबुद हुँदा यो स्थिति आएको हो ।

बन्देज गरिएका सवारीसाधन, आइफोन र मदिरा विदेशी मुद्रा खर्च हुने वस्तु हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले लामो समयसम्म आयात बन्द गर्दा अर्थतन्त्रलाई नै असर पर्ने भएकाले खुला गर्ने निर्णय भएको बताए । मुलुकको अर्थतन्त्र आयातमा आधारित रहेकाले पनि बन्देज खुलाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित