कलाकार बिर्खको ठगी धन्दा : बर्ल्ड क्यान्सर भन्दै झुटको खेती !

काठमाडौं । ब्लर्ड क्यान्सर भएको भन्दै चन्दा उठाएका कलाकार बिर्खबहादुर विकलाई क्यान्सर नभएको भेटिएको छ । भरतपुर क्यान्सर अस्पतालमा ब्लर्ड क्यान्सरको उपचार भइरहेको भन्दै चन्दा अभियान चलाएर रकम उठाएका कलाकार बिर्खबहादुरलाई प्राणघातक क्यान्सर राेग नभएको पाइएको हो ।

रिपोर्टअनुसार उनको सुगर हेमोग्लोबिन, एचआइभी, एसीभी, एचबिएजीजस्ता स्याम्पल चेक गरिएकाे छ । ती सबैको रिर्पोट नर्मल रहेको पाइएको छ । तर उनले ब्लर्ड क्यान्सर भएको भन्दै सामाजिक सञ्जालमा अभियाननै चलाएर रकम उठाएका थिए ।

उनको बिलौनापछि विभिन्न ठाउँमा रहेका नेपालीहरुले लाखौं रकम सहयोग गरेका थिए । बिर्खलाई क्यान्सर नभएको घटना सार्वजनिक भएपछि उनले खासै प्रतिकृया दिन मानेनन् । ‘मलाई अस्पतालले दिएका सबै डकुमेन्ट हराएका छन्’, न्यूज खरीसँग भने, ‘अरू कुरा भेटेर गरौंला ।’

यस्तै उनलाई शुरु देखिनै सहयोग गर्दै आएकी कलाकार सञ्चिता शाहीले क्यान्सर पीडित भएको भन्दै बिर्ख आएपछि विश्वास गरेर सहयोग गरेको बताएकी छन् । आफूले सहयोगको याचना गरेपछि उठेको रकम बिर्खको खातामा जम्मा गरेको बताएकी छन् । ‘मैले सहयोगको याचना गरेपछि धेरैले पैसा मलाई पठाइदिनुभएको थियो,’ उनले भनिन्- ‘उठेको रकम मैले बिर्खको खातामा हालेको हुँ ।’

Untitled design 9 https://newskhari.com/storage/2025/02/Untitled-design-8.jpg

केही दिनअघि बिर्खलाई यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्क बिहीन भएको बताएकी छन् । कलाकार सञ्चिताले आफ्नो आग्रहमा रकम जम्मा गर्नेहरुलाई माफी मागेकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित