दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।

आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ ।

वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक एक सय ८३ दशमलव ३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ६९ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक ४४ दशमलव ५३, लघुवित्त समूहको उपसूचक १६ दशमलव ३५, व्यापार समूहको उपसूचक १५ दशमलव ४४ र अन्य समूहको उपसूचक १० दशमलव ८५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचक तीन दशमलव ९८ अंकले, लगानी समूहको उपसूचक शून्य दशमलव ४४ अंकले र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ ।

आजको कारोबार पछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको रु १९ करोड ८० लाख ६७ हजार चार सय ९३ बराबरको कारोबार भएको भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित