१३ जना सचिवको सरुवा, को-कहाँ ?

काठमाडौं । सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको हो । जसअनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ । चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ ।

उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ । संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ ।

निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित