अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौं । कतार फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टेडिय ९७४ मा भएको खेलमा पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले नकआउटमा स्थान सुरक्षित गरेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, ४६औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोडेको छ भने पोल्याण्डले ३ खेलमा ४ अंक जोड्न सफल भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित