बुर्तिबाङ अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्रीले भने-स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेका छाैँ

ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा उनले अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए ।

नागरिकको आवश्यकता बढी हुनुका साथै सीमित स्रोत र साधानको परिचालन गरेर काम गर्दा सबैतिर एकैपटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनताका स्वास्थ्यसम्बन्धी आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले भने, “हामीसँग स्रोत सीमित छ, जनताको आवश्यकता बढी छन्, यद्यपि प्रदेश सरकारले सबै क्षेत्रमा क्रमिक रूपमा काम गरिरहेको छ, नागरिक स्वस्थ रहनुपर्छ भन्ने मान्यताअनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, म मुख्यमन्त्री भएर आउँदा पाँच सय डायलायसिस गर्नुपर्ने बिरामी लाइनमा हुनेमा अहिले त्यो अवस्था शून्यमा झरेको छ ।”

मुख्यमन्त्री पाण्डेले अहिले राज्यको चुनौतीका रूपमा बसाइँसराइ रहेको भन्दै त्यसलाई रोक्नका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै गाउँमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगार र अन्य विकासका काम योजनाबद्ध रूपमा गरिरहेको बताए ।

सबै युवालाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाउने उद्देश्यसहित स्वरोजगारमूलक सीप विकास गर्ने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । पछिल्लो समय विकास नै भएन भन्ने गलत भाष्य निर्माण भएको भन्दै २०४८ सालयता मुलुकमा पूर्वाधार विकासहित स्वास्थ्य, शिक्षा, रोजगारलगायत क्षेत्रमा परिवर्तन आउँदै गएको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित