काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फको प्रहरी नायब निरीक्षक पदमा बढुवाका लागि १ सय ५५ जनाको सूची प्रकाशित गरेको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार सूची प्रकाशित गरिएको सूचनामा उल्लेख छ।
जसअनुसार, मनोजकुमार खड्गा, हरिबहादुर बस्नेत, ओमशंकर बोगटी, शारदाप्रसाद पौडेल र बालकुमार राई सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः केशव थापा, अनिता परियार, नन्दलाल चौधरी, सुन्दरकान्त मिश्र, लक्ष्मण काफ्ले, सागरसिंह धामी लगायत छन्।
सूची हेर्नुहोस्






