काठमाडौं । हिजबुल्लाहले इजराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी अखबार सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इजराइलमा प्रहार गरेको उल्लेख गरेको इजराइली अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
हिजबुल्लाहले पनि बिहीबार दिनभरमा इजराइली सैनिक अड्डा र वस्तीहरूमा बिहीबार दिनभर ३२ अलग-अलग आक्रमण गरेको भनेको छ। दक्षिणी भूभागमा जमिनबाट पनि इजराइली सैनिकमाथि आक्रमण गरिएको उनीहरूको दाबी छ।
बिहीबार हिजबुल्लाह लगायत इरान समर्थित अन्य मिलिसियाहरूले पनि इजराइलमा ड्रोन आक्रणम गरेको बताइएको छ।
इजराइलले दक्षिणी इजराइलमा भएको ड्रोन आक्रमण निस्तेज पारिएको भनेको छ।
यता इजराइलले पनि लेबननी भूमिमा आक्रमण जारी राखेको छ। भारी बमबारी र जमिनबाट समेत हिजबुल्लाहसँग लडसिरहेको इजराइली अधिकारीहरूले अन्तर्राष्ट्रिय अखबारहरूसँग भनेका छन्।
लेबननको स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणबाट बिहीबार मात्रै लेबननमा ३७ जना मारिएको र १५१ जना घाइते भएको जनाएको छ। इजराइलले बेरूत र दक्षिणी लेबननमा आक्रमण जारी राख्ने पनि भनेको छ।
इजराइल गजामा हमाससँग, लेबननमा हिजबुल्लाहसँग र इरानसँग युद्धमा छ। इरानी आक्रमणको पनि कडा जवाफ दिने चेतावनी इजराइलले दिइसकेको छ।





































