काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै गत शुक्रबारबिहान देखि आएको वर्षापछिको पहिरो र बाढीले काभ्रेमा ३१ जनाले ज्यान गुमाएका छन् । भने १९ जना अझैै पनि बेपत्ता छन् । यस्तै धादिङमा ३८ जनाले ज्यान गुमाइसकेका छन् । स्रोतका अनुसार ठूलो मानविय क्षति भएपछि दुई सिडिओको सरुवा भएको हो ।




































