गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।
उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
गोरखा २ का मतदाता श्रेष्ठको यस क्षेत्रमा गठबन्धनकातर्फबाट पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा उम्मेदवार छन् ।
































