काठमाडौं । आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ।
अष्ट्रेलियामा भएको फाइनल खेलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।
इङ्ल्याण्डको जितमा बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे।
यस्तै जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए। १७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। मोइल अलीले १२ बलमा १९ रन बनाए।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो।
पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए भने कप्तान बाबर आजमले ३२ रन बनाए। २८ बल खेलेका बाबरले २ चौका प्रहार गरे।





































