काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट खेलकुद मन्त्री रहेका विराजभक्त श्रेष्ठले पार्टीका मन्त्रीहरूको राजीनामा पत्रमामा मिति लेख्न मात्रै बाँकी रहेको बताएका छन् । आफूहरू राजीनामा पत्र तयार गरेर बोकेरै हिँडिरहेको बताए ।
श्रेष्ठले आफूहरू सरकारमा भए पनि सत्ता भने पूरानै शैली, कर्मकाण्डी तरिका र उपलब्धि नहुने गरी चलेकाले आफूहरू दुई धारे तरवारको बीचमा चलिरहेको बताए ।
पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै खालको सम्झौता गर्नपर्यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ ।’
श्रेष्ठले सबै जिम्मेवार नेताहरु बसेर सरकारलाई दिएको समर्थनको बारेमा एकचोटि समीक्षा गर्नुपर्ने बेला पनि रहेको बताए । ‘साथसाथै सत्ता साझेदार दलहरुले पनि एकचोटि समीक्षा र पुनरावलोकन पनि गर्ने कुराहरू अहिले चल्न थालेको छ’, उनले भने ।



































