बागलुङमा एक वर्षमा ७ सय ९८ जनाले गराए गर्भपतन

गलकोट । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाको धौलागिरि अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइने भन्दै कतिपयले गर्भपतनलाई विकल्पका रुपमा लिन थालेपछि यसको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए। उनका अनुसार गर्भपतन गराउनेमध्ये २० वर्ष नपुग्दै गराउने अधिक रहेका छन् ।

निरन्तरको गर्भपतले स्वास्थ्यमा जटिल समस्या ल्याउने, बाझोँपनको समस्या बढाउने भएकाले सुरक्षितरुपमा र आवश्यकता भएमात्रै गर्भपतन गराउनुपर्ने जनस्वास्थ्य प्रशासक आचार्यले जोड दिए । सरकारले जटिल अवस्थाका गर्भवतीलाई गर्भपतनको सुविधा दिए पनि अवैध गर्भाधान गरेकाले यसको फाइदा उठाइरहेका उनको भनाइ छ ।

जिल्लास्थित स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका ७ सय ९८ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेका आचार्यले जानकारी दिए । उनका अनुसार २० वर्षभन्दा कम उमेरका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको हो ।

यो वर्ष १२ हप्ताभन्दा माथिको गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जनाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गराइएको थियो । “चालु आवमा २० वर्ष माथिका १८ र २० वर्ष कमका दुई जनाले १२ हप्तामाथिको गर्भ औषधि प्रयोग गरेर पतन गराएका छन् । साथै २० वर्ष कम उमेरमा चार जनाको १८ हप्तामाथिको गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ”, जनस्वास्थ्य प्रशासक आचार्यले भने ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यव्स्था गरेको छ । स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबर्जस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षितरुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको आचार्यको भनाइ छ ।

परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरिएकाले यो तथ्याङ्क अझै कम रहेको स्वास्थ्य कार्यालय प्रमुख आचार्यले बताए । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ८४ थियो । सोमध्ये ७९ जना २० वर्ष कमका र नौ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधि सेवन गरेका थिए । साथै २० वर्ष माथिका ६२ र कमका एक जनाको उपकरण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।

गाउँघरमा र सरकारले मान्यता नदिएका क्लिनिकबाट गर्भपतन गराउने महिलाको सङ्ख्यासमेत ठूलो हुनसक्ने आचार्यको भनाइ छ । गर्भपतन गराएपछि धेरै रक्तश्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्नेलगायत जटिल स्वास्थ्य समस्या देखिएको उनले बताए । यौनसम्पर्कमा गरिएको हेलचक्रयाइँका कारण महिलाले गर्भपतन गराउने गरेकाले सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित