चुनावी चटारो : यी शीर्ष नेता आज कता ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरूलाई चुनावी सभालाई सम्बोधन गर्न भ्याईनभ्याई भएको छ । आज सोमबार पनि शीर्ष तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सम्बोधनमा व्यस्त रहनेछन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज धनगढीमा हुने चुनावी सभाहरुमा रहने उनको सचिवालयले जनाएको छ ।

एमाले सचिवालयका अनुसारओलीले सोमबार गण्डकीका तीन जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी पोखरा प्रस्थान गरिसकेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राजधानीमै हुने भएका छन्। आइतबारमात्रै आफ्नो निर्वाचन क्षेत्र गोरखाका कार्यक्रम सकेर फर्किएका प्रचण्ड मंगलबार भने सुदूरपश्चिम र कर्णालीमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

निर्वाचन आयोगका अनुसार दलहरूले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउनेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित