६ महिनाको बालिकासहित २२ वर्षीया युवतीको शव जल्दै गरेको अवस्थामा भेटियो

काठमाडौं । जनकपुरमा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ। युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा बुधबार राति अन्दाजी २२ वर्षीया युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए।

‘युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन्,’ डीएसपी अवाले भने, ‘उनको पनि उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका २ कि प्रियंका महतो भएको अनुमान प्रहरीले गरेको छ। युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। युवती र ती बालिकाको नाता सम्बन्ध पनि नखुलेको डीएसपी अवाले बताए। तर, कतिपयले भने उनीहरु आमाछोरी भएको अनुमान गरेका छन्।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित