बडिगाडकी निरा हत्या प्रकरण : हत्याका आरोपी विनोद पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कपनमा भाँडा पसल सञ्चालन गर्ने नीरा आचार्यको हत्याका आरोपी विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले शुक्रबार थुनछेक आदेश गर्दै विश्वकर्मालाई थुनामा पठाउने आदेश दिएका हुन् ।

सरकारी वकिलको कार्यालयले विनोदविरुद्ध आजीवन कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र दर्ता गरेको थियो । अदालतले यो घटनामा विनोदले हत्यापछि लुटेको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

गत वैशाख ७ गते नीरा आचार्य आफ्नै भाँडा पसलभित्र गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा त्यही दिन निधन भएको थियो ।

घटनाको ९ दिनपछि प्रहरीले झापाबाट ३६ वर्षीय विनोदलाई पक्राउ गरेको थियो । विनोदले आफू आर्थिक संकटमा रहेका कारण बाटोमा हिँड्दै गर्दा पसलभित्र एक्ली महिलालाई देखेकाले लुटपाट गर्ने उदेश्यले नीराको हत्या गरेको बयान सरकारी वकिललाई दिएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित