युवा संघ गलकोटका अध्यक्षसहित १६ जना माओवादी केन्द्रमा प्रवेश

सरिता खत्री, गलकोट । युवा संघ गलकोट नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

आइतबार योङ कम्युनिष्ट लिग नेपाल (बाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरेका हुन् ।

314434208 2341597645997056 4190586373717490342 n https://newskhari.com/storage/2022/11/314350211_2053145724873703_5741298346468806125_n.jpg

प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसीएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन् ।

पार्टी प्रवेश गर्दै गगन बिकले एमाललेले प्रतिगमनको बाटो रोजेर संविधानलाई ध्वास्त पार्न खोजेपछि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताएका छन् ।

नवप्रवेशीलाई स्वागत गर्दै शिक्षा मन्त्री पौडेलले गलकोट माओवादी जनयुद्धको उद्गम स्थान भएको बताउँदै शहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी उहाँहरुको रहेको बताए । नेपालको सम्पूर्ण परिवर्तनको बहाक नेकपा माओवादी केन्द्र रहेको बताउँदै देशमा माओवादीकै एजेण्डा लागू भएको बताए ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित