सुन तस्करी प्रकरण : अनुसन्धान गरेका दुईजना इन्स्पेक्टर सीआईबीमै फिर्ता

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरू ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका थिए ।

अवैध सुन पैठारी तथा संगठित अपराधबारे इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका हुन् । अनुसन्धान सकिएपछि उनीहरू फिर्ता भएका थिए ।

सुनबारे अनुसन्धान गरेका सिआईबीका ४ जना इन्स्पेक्टरलाई त्यहाँबाट हटाइएको छ । सीआईबीमा कार्यरत इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्री र रञ्जित लामालाई प्रहरी हेड्क्वार्टरमा सरुवा गरिएको छ ।

सीआईबीमा कार्यरत प्रहरी नायव निरीक्षक विवेक ढुंगाना, प्रसनी इन्कार वली र हवल्दार लक्ष्मण सापकोटालाई पनि त्यहाँबाट सरुवा गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित