विश्व क्षयरोग दिवस: बडिगाडका स्वास्थ्य शाखा प्रमुख केसी सम्मानित

कमल पौडेल, बडिगाड । विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोग उपचार केन्द्र, पोखराले बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक विपेन्द्र केसिलाई पुरस्कृत गरेको छ। गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको क्षयरोग उपचार केन्द्रले क्षयरोग नियन्त्रण कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई योगदान पुर्याएको भन्दै बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका केसीलाई सम्मान गरेको हो।

क्षयरोग उपचार केन्द्रले हरेक वर्ष विश्व क्षयरोग दिवसको अवसरमा गण्डकी प्रदेश भित्र क्षयरोग देखिएका स्थानमा खोज तथा निदानमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीहरु मध्येबाट उत्कृष्ट १ जनालाई सम्मान गर्दै आएको छ ।

यसैबीच विश्व क्षयरोग दिवसको अवसरमा बडिगाड गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु क्षयरोग विरुद्ध सचेतना मुलक कार्यक्रमहरु सम्पन्न भएका छन्।

बडिगाड गाउँपालिका गण्डकी प्रदेशमै धेरै क्षयरोगी भएको पालिकामा पर्ने गर्दछ। बागलुङ जिल्लामा २ सय २७ जना क्षयरोगी रहेको मध्ये बडिगाडमा मात्रै १ सय ३६ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको छ।

433420970 389578157346268 6872182689919409996 n https://newskhari.com/storage/2024/03/kc.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित