शिक्षकको क्षमता अभिवृद्धि गर्दै बडिगाड गाउँपालिका

दिनेश शर्मा बडिगाड । बडिगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बडिगाड गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता अभिवृृद्धिका लागि तालिम प्रदान गरेको छ । पालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालय ६६ वटा र संस्थागत तर्फ २ वटा गरी ६८ विधालयका शिक्षकलाई क्षमता अभिवृद्धि र शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने नीति लिएअनुसार तालिम प्रदान गरिएको पालिकाले जनाएको छ ।

उक्त कार्यशालाको उद्घाटनमा बोल्दै सामाजिक विकाश शाखा प्रमुख दिपेन्द्रप्रताप केसीले शिक्षकहरुले तालिम लिएपछि व्यवहारमा उतार्न निर्देशन दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले तालिम लिएका र नलिएका शिक्षकबीच भिन्नता देखिनुपर्ने भन्दै गाउँपालिकाले प्रभाकारी रुपमा विधालयको अनुगमन गर्ने र समस्या पहिल्याउँदै सामूदायिक शिक्षाको गुणस्तर अभिवृद्धीमा केन्द्रीत हुने बताए । शिक्षा अधिकृत पूर्णबहादुर घर्तीले हजारौं विधार्थीको भविस्य एउटा शिक्षकसँग जोडिएको स्मरण गराउँदै पालिकाले विभिन्न विधालयहरु र तालिम केन्द्रसँग जोडिएर एक साथ बडिगाड गाउँपालिकामा कक्षा एकदेखि तीनको एकीकृत पाठ्यक्रम अनुसारको मुल्यांकन प्रक्रियाको कार्यान्वयनमा जुट्न शिक्षकलाई अनुरोध गरे ।
असोज १२ र १३ गते पालिका अन्तर्गतका ६८ वटा विधालयका एक / एक जना शिक्षकलाई कक्षा एकदेखि तीनको एकीकृत पाठ्यक्रम मूल्यांकन सम्बन्धी २ दिने कार्यशाला अाज सकिदैछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित