काठमाडौंमा दुई महिनापछि वर्षा

काठमाडौं । आज साँझ काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकाका केही स्थानमा वर्षा भइरहेको छ ।

उनका अनुसार काठमाडौं उपत्यकामा छिटपुटदेखि हल्का मात्र वर्षा भएको हो । १० मिलिमिटरभन्दा कम वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ। मौसमविद् झाका अनुसार काठमाडौं उपत्यकामा करिब दुई महिनापछि वर्षा भएको हो ।

आज भने हल्का जमिने भिज्नेगरी नै हिउँदे वर्षा भएको हो। यसअघि उपत्यकामा यत्तिको वर्षा नोभेम्बर १२ तारिखमा मात्र भएको थियो। त्यसयता खासै वर्षा हुन सकेको थिएन।

‘आज भने उपत्यकाका अधिकांश स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ’, मौसमविद् झाले भने कति वर्षा भयो भन्ने ठ्याक्कै तथ्यांकचाहिँ भोलि बिहान ८ः४५ बजे आउँछ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित