बाबुको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं । आफ्नै बाबुको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले छोरालाई पक्राउ गरेको छ। ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या आरोपमा उनका छोरा चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको हो।

कुटपिट गरी हत्या गरेको अभियोगमा इनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो।

त्यसपछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनका छोरा चिबुलाई पक्राउ गरेको हो। पक्राउ परेका चिबुमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित