योगेश वैद्यप्रति सङ्गीतकर्मीले दिए श्रद्धाञ्जलि

काठमाडौं । दिवङ्गत गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले श्रद्धाञ्जलि दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

त्यहाँ पुगेर वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकारहरू चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

नेपाल सङ्गीतकार संघले श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो । शवमा पुष्पगुच्छा अर्पण गर्दै सङ्गीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे ।
७७ वर्षीय गायक तथा सङ्गीतकार वैद्यको बिहीबार राति निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् । वैद्यको केही बेरपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित