शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले रसियासँगको सम्बन्ध सुमधुर र भावनात्मक रहेको बताए । बुधबार नेपाल रसिया दौत्य सम्बन्ध स्थापना भएको ६६औं वर्ष पुगेको अवसरमा मन्त्री पौडेलले रसियासँगको सम्बन्ध सुमधुर र भावनात्मक रहेको बताएका हुन् ।
‘रुससँगको सम्बन्ध निकै भावनात्मक, ऐतिहासिक र जीवन्त रहेको छ,’ उहाँले भन्नुभयो, ‘हाइड्रोपावर, उद्योग, अस्पताल, सडकलगायतका पूर्वाधार विकासमा रसियासँग मैत्रीपूर्ण सम्बध छ ।’
‘उनले रुस फरक पहिचान भएको देशभएको समेत उल्लेख गरे । ‘रुसको फरक प्रकारको पहिचान छ, १९१७ भन्दा पहिलाको रसिया युरोपमा औद्योगिक क्रान्ति विकास प्रगति अघि बढिरहेको र निकै छलफल बहस त्याग, बलिदान र तपस्याबाट सोभियत रुसहुँदै आफ्नो पहिचान बनाएको हो । आजसम्म पनि त्यो कायम छ ।’ उहाँले भन्नुभयो ।
असंलग्न परराष्ट्र नीति अनुरुप आफूहरु दृढ रहेको बताउँदै मन्त्री पौडेलले अन्य देशहरुसँग दौत्य र मैत्रीपूर्ण र भावनात्मक सम्बन्ध कायम गर्न चाहेको बताए ।









































