टिपरभित्रै किशोरी बलात्कार

दोलखाबाट काठमाडौं आएकी एक किशोरी टिपरभित्रै बलात्कृत भएकी छन्।

१७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञान बहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्याएर राति करिव १० बजे टिपरभित्रै बलात्कार गरेका हुन्।

किशोरी काठमाडौंको गौशालामा बसेर बढ्दै काम पनि गर्छिन्। उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरी रोकी राखेको दोलखाबाट काठमाडौ आएको रा १ ख २७३४ नम्बरको टिपर थानकोटमा तेल हालेर गौशाला लगिदिन्छु भन्दै चालकले उनलाई त्यहाँ पुर्याएका थिए।

निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए।

सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए।

थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसुती गृह अस्पताल थापाथली लगेको थियो।

बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए।

उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ। मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित