यी हुन् माओवादीका ३७३ केन्द्रीय सदस्य (सूचीसहित)

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारदेखि काठमाडाै‌मा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

यद्यपि महासचिवसहितका पदाधिकारीको नाम भने टुंगो लाग्न बाँकी छ । गत पुसमा भएको आठौँ महाधिवेशनले अपूरो नेतृत्व चयन गरेको थियो । माओवादीले यसअघि २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ । ९४ जना सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनाले शपथ ग्रहण गरेका छन् ।

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।

ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ। माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।

यी हुन् केन्द्रीय सदस्य :

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित