निराजन गौतम, दोहा । नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।
नेपालीहरूको राष्ट्रिय चाड वडादशै, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिहान ८ बजेदेखि सुरु भई दिउँसो १ बजेसम्म चलेको रक्दान कार्यक्रमको नेपाली राजदूतावास कतारका राजदुत डा.नरेश बिक्रम ढकालले शुभारम्भ गरेका थिए ।
रक्तदान गर्न इच्छुक एक सय जना भएपनि प्राविधिक रूपमा योग्य ठहरिएका ८० जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।
































