पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउनुभयो ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि थप गरेको छ।

पहिला यहि असोज ५ गतेसम्म मात्रै निर्धारण गरिएको समयावधि १० गतेसम्मको लागि थप गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

गएको भदौ २७ गतेबाट सुरु भएको यो अभियान असोज ५ गतेसम्मको लागि निर्धारण गरिएको थियो।

लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थप गरिएको महाशाखाले जनाएको छ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो। यो उमेरसमूहका किशोरीको सङ्ख्या नेपालमा साढे तीन लाख रहेको सरकारले जनाएको छ। नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो।

नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने अध्ययनहरुको निष्कर्ष छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित