६ बुँदे सहमति भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपनि अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको हो ।

राति ११ः१५ बजे केन्द्रमा ल्याइएका घाइतेको उपचारमा खटिएका गैरेमाथि बिरामीसँगै आएका व्यक्तिले हातपात गरेको केन्द्रले जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्ति बेलौरी–५, मैनाहाका रामबहादुर खड्का रहेका छन् ।

केन्द्रको सीसीटीभी फुटेजमा खड्काले औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको देखिन्छ । खड्काले दोस्रोपटक पनि हातपातको प्रयास गरेको थिए ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ । हातपातपछि पनि गैरेले घाइतेको उपचार गरेको फुटेजमा देखिएको छ ।

केन्द्रका अनुसार सो समयमा बेलौरी–५ मैनाहाका बाबुराम चौधरीलाई टाउको र आँखामा चोट लागेर उपचारका लागि ल्याइएको थियो । तर, उपचारमा ढिलाइ गरेको भन्दै गैरेमाथि हातपात भएको केन्द्रले जनाएको छ ।

भदौ ३१ गते स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन २०७९ अनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित