कुवेतसँग नेपालकाे हार, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बेहोस !

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक-एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

२८औं मिनेटमा फहद अलरेसिदी गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० ले अघि बढाए ।

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दा कुवेतको अग्रता ४-० बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दा नेपालले एक गोल फर्कायो ।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो ।

कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ । नेपालले अंकको खाता खोल्न सकेको छैन । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ ।

यसैबीच नेपाल र कुवेतको खेल भइरहँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने बेहोस भएका थिए । उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर ढलेका थिए । त्यहाँ सामान्य उपचारपछि उनलाई अस्पताल लगिएको हो ।

उनलाई फारवानिया अस्पताल लगिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी अहिले डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित