काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बिचबाटोबाटै फर्किएको छ।
बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको हो ।
जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको बुुद्ध एयरले जानकारी दिएको छ । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको छ ।
६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ।

































