काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदान र्कीतिपुर पुगेका छन् ।
विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन् ।
नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रेस संयोजक सुर्य किरणले जानकारी दिए ।




































