कांग्रेसले बोलायो आइतबार बिहान केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।
बारा २ मा हुने उपनिर्वाचनमा के गर्ने भन्नेबारे छलफल गरी निर्णय गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए।
यस्तै सरकारमा थप मन्त्री पठाउनेबारे पनि छलफल हुनेछ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ।
नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्रालय आफूहरुले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित