सन् २०३० सम्मको लागि स्वास्थ्य रणनीति ल्याउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिबारे छलफल थालेको छ । प्रारम्भिक मस्यौदा तयार पारेको मन्त्रालयले त्यसबारे छलफल थालेको हो । मन्त्रालयले रणनीतिका लागि ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ ।

जसमा स्वास्थ्य संघीय संरचना अनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जबाफदेही बनाउने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने र जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए । ‘पाँच वटा रणनीतिक उद्देश्य रहेका छन् । यसमा थपघट गर्न सकिन्छ । अहिले प्रारम्भिक चरणमै छ,’ उनले भने ।

सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ । त्यस्तै सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना मस्यौदा बनेको छ । सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित