काठमाडौं । प्रभु बैंक लिमिटेड र कीर्तिपुरस्थित ‘ससः त्वा हस्पिटालिटी प्रा.लि’ बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
मिति २०८३ साउन २८ गते आयोजित कार्यक्रममा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा ससः त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले कीर्तिपुर ३, सागलस्थित ससः त्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो छुट सुविधा पाउनका लागि ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय (डिजिटल) प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ।
नेपालभर ३०० शाखा, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा दिँदै आएको प्रभु बैंकले आफ्ना ग्राहकलाई अतिरिक्त सुविधा दिने उद्देश्यले यो सम्झौता गरेको जनाएको छ।

































