व्यवसायीको घरमा छापा : मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । औद्योगिक नगर विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको घरमा बहुमूल्य सामान राखेको लिखित उजुरीका आधारमा छापा मारिएको प्रहरीले प्रस्ट्याएको छ ।

छापा मार्दा प्रहरीले केही प्रमाण फेला नपारी रित्तो हात फर्कँदा मुलुकको गृह प्रशासनको विश्वसनीयताप्रति चौतर्फी आलोचना भएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

साताअघि प्रदेश प्रहरी प्रमुखका रूपमा कोशी प्रदेशको राजधानी विराटनगर आएका डीआईजी शेखर खनालले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ र विराट व्यापार संघका पदाधिकारीसँग चिनजानसहितको छलफल गर्दै त्यस्तो स्पष्टीकरण दिएका हुन् । तर, उनले उद्योगी व्यवसायी मुन्दडाको घरमा सुन, चाँदी, नगद वा कुन बहुमूल्य सामान राखिएको भन्ने खुलाएनन् ।

छलफलमा सहभागी एक उद्योगीका अनुसार मुन्दडाको घरमा बहुमूल्य सामान लुकाएर राखेको नाम र नम्बरसहितको लिखित उजुरी परेपछि प्रहरी छापा मार्न बाध्य भएको डीआईजी खनालले बताए । तर, उनले त्यो कुन र कस्तो बहुमूल्य सामान हो भन्नेबारे खुलाएनन् । ती उद्योगीका अनुसार डीआईजी खनालले घुमाउरो भाषामा मुन्दडाको घरमा ठूलो परिमाणमा नगदसहित सुन र चाँदी लुकाएर राखेको उजुरी परेकोतर्फ संकेत गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीसहित पीडित उद्योगी प्रकाश मुन्दडा लगायतका उद्योगी व्यवसायी सहभागी थिए ।

प्रकाश मुन्दडा उद्योग परिसंघ कोशीका उपाध्यक्ष र निजी क्षेत्रको जेठो संस्था मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष हुन् । उनीहरू सबै एकाघरमा बस्छन् । प्रहरीले उद्योगी प्रकाशको घरमा नभई उनका काका बेनीगोपालको घरमा छापा मारेको दाबी गरेको छ ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित