सांसद राजेन्द्र राईको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा (एमाले)का सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्यालले सांसद राईलाई बोल्न रोकेका थिए।

केहीबेरको विवादपछि सभामुख अर्यालले सांसद राईलाई माफी माग्न भन्दै समय दिएका थिए। तर, राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद चलाउने ढाँचा नल्याउको भनि आलोचना गरेका थिए। त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

त्यसपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए। सांसद राईले यसअघिको अभिव्यक्ति सभामुखले आफ्नो कुरा नसुनेर रोक लगाएकाले आवेशमा आएको बताएका थिए।

त्यसपछि सभामुख अर्यालले यसअघिको सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। सभामुख अर्यालले भने, ‘यसअघिको बैठकमा माननीय राजेन्द्रकुमार राईले बोलेका सम्पूर्ण अभिलेखहरू संसदीय रिकर्डबाट हटाउन निर्देशन गर्दछु।’

अहिले प्रतिनिधि सभाको बैठक सुचारु भएको छ। सांसदहरूले प्रतिनिधि सभाको बैठकमा आफ्नो भनाइ राखिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित