प्रधानमन्त्री बालेनलाई गोली हान्ने चेतावनी दिएका दुई किशोर पक्राउ, एक थान पेस्तोल र गोली बरामद

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो ।

उनले लोकान्तरसँग भने, ‘यी दुई जना मदिरा र लागूऔषधको नशामा थिए, जथाभावी बोल्दै हिँडेका थिए । हामीले पक्राउ गर्‍यौं ।’

एउटा भिडियोमा यादव र मुखियाले प्रधानमन्त्री ‘बालेनले गाउँ चम्काइदिन्छु भनेर भोट हालेको तर केही गरेन’ भन्दै गोली हान्ने योजनामा रहेको बताएका छन् । तर, उनीहरूको बोली लठ्ठीएको भिडियोमा प्रस्ट देखिन्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित